About us

Nepal Climate Change Knowledge Management Center

Nepal Climate Change Knowledge Management Center (NCCKMC) has been created by a collaborative effort of Nepal Academy of Science and Technology (NAST) and Ministry of Environment (MoE). The Center is set-up under the expanded processs of National Adaptation Program of Action (NAPA) in Nepal (2008-2010), which was supported by DANIDA, UK DFID, GEF and UNDP Nepal.

Vision

To establish a strong and effective knowledge management centre which will ensure the production and dissemination of climate change knowledge information in the country, strengthen the capacity of various stakeholders by providing them with the required information to respond to challenges posed by climate change.

Mission

To serve as a dedicated institutional arrangement for managing climate change knowledge in Nepal.

Goal

To serve as a platform for coordinating and facilitating the regular generation, management, exchange and dissemination of climate- related knowledge and capacity building services to a multi- stakeholder climate change community of practice in Nepal.

Objectives

  1. To enhance public access to climate change and related information in order to build their capacities to address the challenges posed by climate change.

  2. To strengthen collaborative and inter- disciplinary climate change research in Nepal.

  3. To facilitate interface between scientific research and policymaking, decision making processes and development planning.

Services

  • Conduct an inventory of available collection at the climate change resources centers.

  • Coordinate with a network of climate change knowledge providers and users.

  • Organize learning events that encourage knowledge sharing and awareness raising.

  • Popularize and /or translate materials/ documents into local language.

  • Develop focal points for climate change.

  • Providing clearing house service for climate change related research and dissemination.

  • Build capacity of different institutions professionals through training/ workshop/ research grants/ fellowship visiting experts program etc.

  • Regular update new research to address knowledge gap.

  • Provide advisory services for policy and development planning.

  • Organize workshop, forums and other interaction program.

  • Facilitate access to climate change related data and information on climate change.

 

नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्र

पृष्ठभूमी

जलवायु परिवर्तन आज विश्वब्यापी चासोको विषय बनेको छ । पृथ्वीका कुनै पनि बासस्थान चाहे त्यो समुन्द्र मुनीको होस् वा पर्वतका टाकुराहरु, बढ्दो भूमण्डलीय तापमानका असरहरुबाट अछुतो छैन । हिमनदीहरु पग्लदै छन्, समतल मैदानहरु डुबानमा परेका छन् र वृक्ष रेखा सर्दै छ अनि खाद्य सङ्कट देखा परिरहेको छ । यी सबै एकैचोटी अनि अकल्पनीय रुपले देखा परिरहेका छन् । अतः सबै राष्ट्रहरु यस परिवर्तनसँग अनुकूलित हुने उपायहरुको खोजीमा छन् । कोमल पर्वतमाला र गरिबीका कारण नेपाल जलवायु परिवर्तनबाट धेरै प्रभावित राष्ट्रहरुमध्येमा पर्दछ । नेपालमा जलवायु परिर्वतनको सामना गर्न संस्थागत क्षमता पनि अझ बन्न बाँकी छ ।

जलवायु परिर्वतनको चुनौतीहरु सामना गर्नका लागि पहिलो आवश्यक आधार भनेको ज्ञान नै हो । विश्वभरीमै वैज्ञानिक तथा प्राविधिकहरु, ब्यवस्थापकहरु तथा नीतिनिर्माताहरुले नयाँ सूचना र जानकारीहरु अनि अत्याधुनिक प्रविधिहरु विकास गरिरहेका छन् । तर ती अपुग छन् । अव्यवस्थित रुपमा रहेका छन्। हामीलाई प्रामाणिक तथ्यांकहरुको आवश्यकता छ । साथै मौलिक ज्ञानको सञ्चय र ती ज्ञानको समुचित प्रचार प्रसार पनि महत्वपूर्ण छन् । सम्बन्धित संस्थाहरुबीच समन्वयको खाँचो छ । यिनै आवश्यकताहरु परिपूर्ति गर्न जलवायु परिवर्तन सम्बन्धी एउटा ज्ञान व्यवस्थापन केन्द्रको परिकल्पना गरियो ।

फलस्वरुप सन् २०१० मा राष्ट्रिय अनुकूलन कार्यक्रम अन्तर्गत नेपाल सरकारको वातावरण मन्त्रालयको सहकार्यमा डेनिडा, यूके डीएफआइडी, जीइएफ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्र स्थापना भयो ।

दूरदृष्टि

देशमा जलवायु परिवर्तनसम्बन्धी सूचनाहरुको उत्पादन र वितरणलाई सुनिश्चितता प्रदान गर्न एक सबल र प्रभावकारी ज्ञान ब्यवस्थापन केन्द्रको रुपमा विकास गर्ने र जलवायु परिवर्तनबाट सिर्जित समस्याहरुको सामना गर्न यसका सम्बन्धित पक्षहरुलाई सबल तुल्याउन मद्दत पुर्याउने ।

उद्देश्य

जलवायु परिवर्तन सम्बन्धी ज्ञानको उत्पादन, ब्यवस्थापन, आदान प्रदान र वितरणको लागि एक समन्वयकारी एवम् सहजकर्ताका रुपमा सेवा प्रदान गर्ने र यस विषयमा क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने।

लक्ष्यहरु

क० जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामना गर्न यस सम्बन्धी सूचना एवम् जानकारीहरुमा सबैको पहुच अभिवृद्धि गर्ने ।
ख० नेपालमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त तथा अन्तर विषयगत अध्ययन अनुसन्धानहरुलाई सवल बनाउने ।
ग० वैज्ञानिक अनुसन्धानहरुलाई नीति निर्माण तथा निर्णय प्रक्रिया र विकास योजनाहरुमा मूलप्रवाहीकरण गर्न सहजीकरण गर्ने।

सेवा तथा क्रियाकलापहरु

केन्द्रले जलवायु परिवर्तनसम्बन्धी निम्न सेवा प्रदान तथा कार्यक्रमहरु सञ्चालन गर्नेछ ।
क० उपलब्ध सूचना जानकारीहरुको अभिलेख तयार पार्ने ।
ख० ज्ञान उत्पादनकर्ता र प्रयोगकर्ताबीच सञ्जालमार्फत समन्वय राख्ने ।
ग० जनचेतना जगाउन विभिन्न शिक्षामूलक कृयाकलापहरु सञ्चालन गर्ने ।
घ० उपलब्ध जानकारीहरुलाई स्थानीय भाषामा अनुवाद गरी सञ्चार गर्ने ।
ङ० सूचनाहरुको सङ्कलन र वितरणका लागि सम्पर्क केन्द्रहरुको विकास गर्ने ।
च० अनुसन्धान र अध्ययनका लागि सेवा पुर्याउने ।
छ० तालीम, कार्यशाला, अनुसन्धानवृत्ती, अध्ययन भ्रमण आदि मार्फत संस्थागत एवम् व्यवसायिक क्षमता अभिवृद्धि गर्ने ।
ज० खट्किएका सूचना अभावहरु पूरा गर्न अनुसन्धानहरुलाई बढावा दिने ।
झ० नीति निर्माण तथा योजना तर्जुमाका लागि सरसल्लाह दिने ।
ञ० कार्यशाला गोष्ठी, अन्तरक्रिया आदि कार्यक्रमहरुको आयोजना गर्ने ।
ट० सहजरुपमा तथ्याङ्क र सूचनाहरु प्राप्त गर्न सहयोग गर्ने ।

सेवा समय

आइतबारदेखि विहिवार विहान १० देखि अपरान्ह ४ बजेसम्म
शुक्रबार विहान १० देखि अपरान्ह ३ बजेसम्म
सार्वजनिक विदामा सेवा बन्द रहने छ ।