Proposal Call for Urban EbA Research Grants-Bachelor Level

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)

खुमलटार, ललितपुर

प्रस्ताव आव्हानसम्बन्धी सूचना

(प्रकाशित मितिः २०८३ साउन १ गते)

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र काठमाडौं उपत्यका विकास प्राधिकरणको सहकार्यमा सञ्चालन भइरहेको Implementation of Urban EbA Research Activities परियोजना अन्तर्गत नेपाल सरकारको मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तहको शोध अनुसन्धान गर्ने ४ जना नेपाली अनुसन्धानकर्ताहरुका लागि सहरी क्षेत्रमा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (Urban Ecosystem-based Adaptation) को क्षेत्रमा अनुसन्धान गर्न प्रदान गरिने अनुसन्धान अनुदानका लागि प्रस्ताव आव्हान गरिन्छ । आवेदन फारम, प्रस्तावको ढाँचा र अनुसन्धान अनुदान निर्देशिका  (Research Grants Manual 2025), www.ncckmcnast.org.npwww.nast.gov.npwww.kvda.gov.np बाट डाउनलोड गर्न सकिनेछ । प्रस्ताव र निर्धारित सबै दस्तावेजहरू मिति २०८३ साल साउन २१ गते भित्र प्रज्ञा प्रतिष्ठानको नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्रमा कार्यालय समय भित्र दर्ता गराउन हुन वा सो दिनको रातको १२ बजेभित्र single .pdf file बनाइ, [email protected] [email protected] मा इमेल गरी पेश गर्न अनुरोध गरिन्छ । अनिवार्य रूपमा संलग्न गर्नु पर्ने कागजात संलग्न नभएका वा म्याद नाघि आएका आवेदन उपर कुनै कारबाही गरिने छैन ।

थप जानकारी आवश्यक भएमा ०१५२५४८२८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।