Submitted by ncckmc on
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)
खुमलटार, ललितपुर
प्रस्ताव आव्हानको म्याद थप गरिएको सम्बन्धी सूचना
(प्रकाशित मितिः २०८२ बैशाख १९ गते)
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र काठमाडौं उपत्यका विकास प्राधिकरणको सहकार्यमा सञ्चालन भइरहेको Implementation of Urban EbA Research Activities परियोजना अन्तर्गत नेपाल सरकारको मान्यता प्राप्त विश्वविद्यालयमा विद्यावारिधि, एमफिल, स्नातकोत्तर वा स्नातक तहको शोध अनुसन्धान तथा प्राज्ञिक वा अनुसन्धान संस्थामा आवद्ध भई अनुसन्धान गरिरहेका नेपाली अनुसन्धानकर्ताहरुका लागि सहरी क्षेत्रमा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (Urban Ecosystem-based Adaptation) को क्षेत्रमा अनुसन्धान गर्न प्रदान गरिने अनुसन्धान अनुदानका लागि प्रथम पटक मिति २०८१ चैत १४ गते प्रकाशित प्रस्ताव आव्हानको सूचना अनुरुप प्रस्ताव र निर्धारित सबै दस्तावेजहरू २०८२ बैशाख ३१ सम्ममा पेश गर्न सकिने गरी समय थप गरिएकाले सम्बन्धित सबैमा जानकारी गराइन्छ । यस अघि पेश भइसकेका प्रस्ताव पुनः पेश गर्नुपर्ने छैन । आवेदन फारम, प्रस्तावको ढाँचा र अनुसन्धानअनुदान निर्देशिका (Research Grants Manual 2025), www.ncckmcnast.org.np, www.nast.gov.np, www.kvda.gov.np,
www.climatenepal.org.np बाट डाउनलोड गर्न सकिनेछ ।
थप जानकारी आवश्यक भएमा ०१५२५४८२८ मा सम्पर्क गर्न सकिनेछ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र काठमाडौं उपत्यका विकास प्राधिकरणको सहकार्यमा सञ्चालन भइरहेको Implementation of Urban EbA Research Activities परियोजना अन्तर्गत नेपाल सरकारको मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तहको शोध अनुसन्धान र प्राज्ञिक तथा अनुसन्धान संस्थामा आवद्ध भई अनुसन्धान गर्ने नेपाली अनुसन्धानकर्ताहरुका लागि सहरी क्षेत्रमा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (Urban Ecosystem-based Adaptation) को क्षेत्रमा अनुसन्धान गर्न प्रदान गरिने अनुसन्धान अनुदानका लागि प्रस्ताव आव्हान गरिन्छ । आवेदन फारम, प्रस्तावको ढाँचा र अनुसन्धान अनुदान निर्देशिका (Research Grants Manual 2025) www.ncckmcnast.org.np, www.nast.gov.np, www.kvda.gov.np, www.climatenepal.org.np बाट डाउनलोड गर्न सकिनेछ ।
प्रस्ताव र निर्धारित सबै दस्तावेजहरू यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र प्रज्ञा प्रतिष्ठानको नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्रमा कार्यालय समय भित्र दर्ता गराउन हुन वा सो दिनको रातको १२ बजेभित्र single (.pdf file), [email protected] र [email protected] मा इमेल गरी पेश गर्न अनुरोध गरिन्छ । अनिवार्य रूपमा संलग्न गर्नु पर्ने कागजात संलग्न नभएका वा म्याद नाघि आएका आवेदन उपर कुनै कारबाही गरिने छैन ।
थप जानकारी आवश्यक भएमा ०१५२५४८२८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।